नियम २३
सरकारी वकिल समक्ष मिसिल पठाउनु पर्ने
महानिर्देशकको स्वीकृत प्राप्त भएपछि अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न भएपछि आफ्नो राय सहित मुद्दा दायर गर्ने सम्बन्धमा सक्कल मिसिल, प्रमाण तथा विवरण संलग्न गरी आवश्यक निर्णयका लागि सम्बन्धित सरकारी वकिल कार्यालय समक्ष अनुसूची– २२ बमोजिमको ढाँचामा लेखी पठाउनु पर्नेछ ।